चेल्सीका अब्राहम रोमा जाने

इंग्लिस क्लब चेल्सीका युवा स्ट्राइकर टमी अब्राहम इटालिन क्लब रोमा जाने भएका छन्। २३ वर्षीय स्ट्राइकर अब्राहम ४० मिलियन युरोमा रोमामा आबद्ध भएका हुन्।

चेल्सीमा थोमर टुचेलको आगमनसँगै अब्राहमले कमैमात्र अवसर पाउँदै आएका थिए । त्यसैले उनी रोमा लागेका हुन्। गतसाता मात्र ९७.५ मिलियन युरो खर्चेर चेल्सीले स्ट्राकइर रोमेलु लुकाकु भित्र्याएपछि उनी टिममा पर्ने सम्भावना सकिएको थियो।

अब्राहम र रोमाबीच औपचारिक सम्झौता भने भइसकेको छैन । सम्झौताका लागि रोमा पुगेका अब्राहमले मेडिकल भने गरिसकेका छन्। अब्राहमले रोमासँग ५ वर्षको सम्झौता गर्नेछ।

केही दिन अगाडि मात्रै स्ट्राइकर इडेन डेज्कोले क्लब छाडेपछि उनकै स्थानमा रोमाले अब्राहमलाई अनुबन्धन गरेको हो।

चेल्सीको एकेडेमीका उत्पदान अब्रहामले सन् २०१६ मै सियिनर टिममा डेब्यू गरेका थिए । त्यसयता उनले ब्रिस्टन सिटी, स्वान्सी सिटी र एस्टनभिल्लामा लोनमा तीन सिजन बिताए । पछिल्ला दुई सिजन भने उनी चेल्सी मै थिए ।

उनले चेल्सीका लागि ८२ खेल खेल्दै ३० गोल गरेका छन्। इंग्ल्यान्डको राष्ट्रिय टिमबाट उनले ६ खेलमा १ गोल गरेका छन्।