°
, May 30, 2023 in
0

बर्नेलीमाथि चेल्सीको सहज जित

SHARE:

इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सहज जित हात पारेको छ । आइतबार साँझ भएको खेलमा चेल्सीले बर्नेलीमाथि २–०को सहज जित निकाल्यो ।

यो जितसँगै नवनियुक्त प्रशिक्षक थोमस टुचेलले पनि प्रिमियर लिगमा विजयी सुरुवात गरेका छन् । गत सातामा मात्र टुचेल लन्डन क्लब चेल्सीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

चेल्सीलाई जिथ दिलाउने क्रममा कप्तान सेसर एप्लिजिक्वेटा र मार्कस ओलन्सोले गोल गरे । घरेलु मैदानमा ४० औं मिनेटमा एप्लिजिक्वेटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८४ औं मिनेटमा ओलन्सोले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

जितसँगै २१ खेलमा ३३ अंक जोडेको चेल्सी सातौं स्थानमा छ भने बर्नली २२ अंक जोडेर १६ औं स्थानमा छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *