एभर्टनसँग रोकियो चेल्सी

Read Time:1 Minute

एभर्टनले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीसँग बराबरी खेलेकाे छ। स्टायनफोर्ड ब्रिजमा भएकाे खेलमा एभर्टनले २–२ को बहादुरीपूर्ण बराबरी निकाल्दै एक बहुमूल्य अंक बटुलेको छ।

एलिस सिम्सले खेल सकिन एक मिनेट अगाडि एभरटनका लागि निर्णायक बराबरी गोल गरे ।

यो नतिजापछि एभरटन २६ अंकमा १५ औं स्थानमा रह्यो र उसको रेलिगेसन तनाव कम हुँदैछ । चेल्सी भने ३८ अंकमा दसौं स्थानमा छ । शनिबारका अन्य प्रमुख खेलमा एस्टन भिल्लाले बर्नमाउथलाई ३–० र लिड्सले उल्भ्सलाई ४–२ ले हरायो ।

यस्तै, साउथह्याम्पटन र टोटनहमले ३–३ को बराबरी खेले । यो नतिजाले शीर्ष चारमा टोटनहमको चुनौती कमजोर बनेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रंगशालामा क्रिकेटर सम्मानित
Next post हालान्डको ह्याट्रिकमा सिटी एफए कपको सेमिफाइनलमा
Close