च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन चेल्सी र रियल मड्रिड भिड्दै छन्। खेल लन्डनस्थित चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा आज राति १२ः४५ बजे हुनेछ।
घरेलु मैदानमा हुने पहिलो लेगमा चेल्सी रियललाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। यता, रियलको चाहना पनि जित नै छ । उ गत सिजन सेमिफाइनलमा भोगेको हारको बदला पनि लिन चाहन्छ ।
गत सिजन चेल्सीले रियलमाथि समग्रमा ३–१ को जित निकालेको थियो । घरेलु मैदानमा भएको पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको थियो।
घरेलु लिग र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेकाले चेल्सीमाथि रियल हावी हुने अपेक्षा गर्न सकिन्छ । अन्तिम १६मा पिएसजीविरुद्ध गरेको प्रदर्शन दोहो¥याउने सोच रियलको छ । पिएसजीविरुद्ध १–०ले पछि परेको रियल घरेलु मैदानमा सुरुआतमै गोल खाएपछि २–०ले पछि परेको थियो । तर, त्यसपछि दोस्रो हाफम सनसनीपूर्ण प्रदर्शन गर्दै रियलले दोस्रो लेगमा ३–१को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो।
रियलका लागि करिम बेन्जिमा मुख्य हतियार हुन्। सँगै भिनिसियस जुनियरको भूमिका पनि उत्तिकै हुनेछ । यी दुवै रियल जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यो सिजन बेन्जिमाले समग्रमा २५ खेलमो ३४ गोल गरेका छन् भने भिनिसियसले ४० खेलमा १७ गोल गरेका छन्।
चेल्सी सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रिने छ। चेल्सीका लागि एनगोलो कान्टे, थियागो सिल्भा, मासन माउन्ट, टिमो वेर्नर र मार्कोस अलन्सो, काई हाभर्टजलगायतको भूमिका महत्वपूर्ण हुनेछ।