जनवरी ट्रान्सफर विन्डोमा इंग्लिस क्लब चेल्सीले कीर्तिमानी ३६० मिलियन युरो खर्चियो । जारी सिरिज खराब प्रदर्शन गरेपछि खेलाडी किन्न थुप्रै रकम खर्चिएको उसले इन्जो फर्नान्डेस, मिखाइल मुड्रिक, जोआ फेलिक्सजस्जा स्टार खेलाडीसहित कुल ८ खेलाडी भित्र्यायो।
जनवरीमा ८ खेलाडी भित्र्याए पनि लन्डन क्लब चेल्सीलले च्याम्पियन्स लिगका लागि ४ नयाँ खेलाडी मात्र दर्ता गराएको छ। कुनै पनि क्लबले जनवरीमा ३ खेलाडी खेलाडीमात्र च्याम्पियन्स लिगका लागि दर्ता गर्न पाउन छन्।
चेल्सीले च्याम्पियन्स लिगको स्क्वार्डमा रहेका एक खेलाडीलाई हराउँदै नयाँ ४ खेलाडी दर्ता गराएको छ। जसमा इन्जो फर्नान्डेस, मिखाइल मुड्रिक, जोआ फेलिक्ससँगै डिफेन्डर बेनोइट बाडियासिल छन्।
यी चार खेलाडीलाई च्याम्पियन्स लिगमा दर्ता गर्दा चेल्सीले गोबेनका स्ट्राइकर पिर्रे अमेरिक औबामियाङलाई भने टिमबाट निकलोको छ। औबामियान अघिल्लो समरमा मात्र बार्सिालेनाबाट चेल्सी आएका थिए। त्यसयता उनले लन्डन क्लबमा खासै प्रभाव जमाउन सकेका छैनन्।
चेल्सीले फर्नान्डेसलाई पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी १२१ मिलिनय युरोमा डेटलाइट डेमा किनेको हो भने मुड्रिकका लागि उसले युक्रेनी क्लब सख्तर डोनोस्कलाई ९९ मिलियन तिरेको थियो। यस्तै पोर्चुगिज स्टार फेलिक्सलाई उसले एट्लेटिको मड्रिडबाट ६ महिनाका लागि ११ मिलियन खर्चेरको छ। बेनोइटलाई चेल्सीले मोनाकोबाट ३७ मिलिनयर युरोपमा क्लबमा भित्र्याएको थियो।