भुटानी रोनाल्डेका रुपमा परिचित स्ट्राइकर चेन्चो ग्याल्सेन सहिद स्मारक ए डिभिजन लिगमा ७७ नम्बरको जर्सीमा देखिने भएका छन्। डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले ग्याल्सेनलाई सर्वाजनिक गर्र्दै ७७ नम्बरको जर्सी दिएको छ।
गत साता भएको प्रधानमन्त्री थ्री नेसन्स कप खेल्न आएको मौकामा मछिन्द्रले ग्याल्सनलाई अनुबन्ध गरेको हो। ग्याल्सेन यसअघि नै मछिन्द्रमा अनुबन्ध भइसकेपछि क्लबले आज उनलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
एक कार्यक्रमबीच मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चो ग्याल्सेनले अनुबन्धको सम्झौता पत्रमा हस्ताक्षर गरे। उनी छैठौं चरणबाटै ए डिभिजन लिगमा डेब्यू गर्ने छन्।
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरका रुपमा परिचित ग्याल्सेनले हालै भारतको आईलिग क्लब पन्जाब एफसीबाट खेलेका थिए । पन्जाब लिगको उपाधि जित्दै सुपर लिगमा उक्लिएको छ।
प्रधानमन्त्री थ्री नेसन्स कपपछि नेपालमै रहेका ग्याल्सेन मछिन्द्रबाट प्रशिक्षण सुरु गरिसकेका छन्।