°
, June 4, 2023 in

पुजनसँग ठोक्किँदा मैदानमै ढले मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङ

SHARE:

मछिन्द्र क्लबका डिफेन्डर छिरिङ गुरुङ मैदानमै बोहोस भएर ढलेका छन्।

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दशरग रंगशालामा भएको संकटा क्लबविरुद्धको खेलका क्रममा साथी खेलाडीसँग ठोक्किएपछि छिरिङ बेहोस भएर मैदानमै ढलेका थिए। इन्जुरी समयको अन्तिमतरि हेडिङ गर्ने क्रममा दुवै ठोक्किएका थिए।

खेलका क्रममा उपुज उपकोटीसँग ठोक्किँदा छिरिङको नाकमा चोट लागेको थियो । बेहोस भएर ढलेका उनलाई मैदानमै कार्डियो पल्मुनरी रिससिटेसन दिइएको थियो। आफू मैदानमा पुग्दा छिरिङको नाकबाट रगत बगिरहेको उनले बताए।

सिपिआरपछि होस खुलेपछि उनलाई एम्बुलेन्समा राखेर थप उपचारका लागि अस्पताल लगिएकोमछिन्द्रका फिजियो सुरज भुसालले जानकारी दिए। उनलाई रंगशाला नजिकैको ब्लूक्रस अस्पतालमा भर्ना गरिएको छ।

अघिल्लो सिजन मछिन्द्रकै विंगर मनिष डाँगी पनि खेलकै क्रममा मैदानमै बेहोस भएका थिए।

दशरथ रंगशालामा मछिन्द्रले संकटाविरुद्ध २–१ को जित निकलोको छ।

SHARE: