अपराजित रहँदै चितवन च्याम्पियन, काठमाडौं ४५ रनले पराजित

नेपालमा पहिलो पटक आयोजना भएको महिला फ्रेन्चाइच लिग ‘वुमन्स च्याम्पियन्स लिग’मा राष्ट्रिय खेलाडी इन्दू बर्माको कप्तानीमा रहेको चितवन राइनोज अपराजित रहँदै च्याम्पियन बनेको छ । च्याम्पियन बन्ने क्रममा चिवतनले फाइलनमा रुबिना क्षेत्रीको कप्तानीमा रहेको क्याट क्विन काठमाडौंलाई ४५ रनले हरायो ।

शतप्रशित नतिजासहित उपाधि जित्ने क्रममा चितवनले पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा उसले ललितपुर फाल्कोन्सलाई ८९ रनले पराजित गरेको थियो । यस्तै, चितवनले पोखरा पल्टनलाई ७ विकेटले, विराटनगर टाइटन्सलाई ५३ रनले पाखा लगाएको थियो ।

बिहीबार कीर्तिपुपरस्थित टियू मैदानमा भएको फाइलनमा चितवनले दिएको ११३ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा अलआउट हुँदै ६७ रन मात्र बनाउन सक्यो । चिवतनका सुमन खतिवडा, रितु कनौजिया र रेखा रावलले घातक बलिङ गरेपछि काठमाडौंको इनिङ धरासायी भएको थियो ।

काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन बनाइन् भने ममता थापा र ईश्वरी विस्टले समान १३ रन बनाए । अन्य ब्याट्सम्यान भने क्रिजमा टिक्न सकेनन् । प्रतियोगिताभर उत्कृष्ट लयमा रहेका कप्तान रुविना २ रनमा पभेलियन फर्कनु नै काठमाडौंका लागि दुर्भाग्य बन्यो ।

चितवनका सुमन र रितुले समान ३ विकेट लिए भने रेखाले २ विकेट हात पारिन् । सुमनले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चिइन् भने रितुले ४ ओभरमा १ मेडनसहित ७ रन मात्र खर्चिइन् । रेखाले ४ ओभरमा १ मेडन राख्दै ९ रन मात्र दिइन् ।

यसअघि पहिला ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रन बनायो । उसका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन बनाइन् भने कप्तान इन्दू बर्माले २२, काजल श्रेष्ठले २१ र कञ्चन श्रेष्ठले १९ रनको योगदान दिइन् । काठमाडौंकी लक्ष्मी साउद, संगीता राई र सरस्वती कुमारीले समान १ विकेट लिए ।

प्रतियोगिताभर अलराउन्डर प्रदर्शन गरेकी काठमाडौंकी कप्तान रुबिना क्षेत्री प्लेयर अफ दी सिरिज भइन् । उनले प्रतियोगितामा २ अर्धशतकसहित सार्वधिक २१४ रन बनाउनुका साथै ५ विकेट पनि लिइएकी थिइन् ।

यस्तै, १ अर्धशतकसहित १३४ रन बनाएकी चितवनकी ओभपर काजल श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान बिनन् भने सार्वधिक १० विकेट लिएकी चितवनकै कविता गौतम उत्कृष्ट बलर घोषित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP