नेपाली समर्थकलाई ‘आफ्नो धमका’ हेर्न तयार रहन गेलको आग्रह

टि–२० क्रिकेटका सबैभन्दा खतरानाक ब्याट्सम्यान हुन्, क्रिस गेल । अन्तर्राष्ट्रिय क्रिकेट होस, फ्रेन्चाइज लिग, जब गेल क्रिजमा हुन्छन् तब जस्तो सुकै उत्कृष्ट बलर पनि रक्षात्मक हुन्छन् । बलर रक्षात्मक पनि किन नहुन्, उनी जस्तोसुकै बलमा बाउन्ड्रि लगाउन माहिर छन् ।

टि–२० क्रिकेटमा ब्याटिङका अधिकांश रेकर्डमा आफ्नो नाम लेखएका गेल ब्याटिङमा होस या फिल्डिङमा दर्शकलाई ‘इन्टरनेट’ गर्न पनि खप्पिस छन् । गेलको ब्याटिङ मन नपराउने सायदै होला । टेलिभिजनमा गेलको ब्याटिङमा झुम्ने थुप्रै समर्थक नेपालमा पनि छन् ।

तर, अब नेपाली समर्थकले गेलको ब्याटिङकको मजा टेलिभिजनको पर्दामा होइन, मैदानमै प्रत्यक्ष लिने पाउने छन् । नेपाली दर्शकले कीर्तिपुरस्थित टियू मैदानमै गेलको छक्का–चौकाको आनन्द लिने पाउने छन् र उनको अनौठो सेलिब्रेसनको साक्षी बन्न पाउने छन् ।

नेपाली समर्थकलाई यो अवसर एभरेस्ट प्रिमियर लिग (इपिएल) जुराइदिन लागेको हो । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान गेलले पोखरा इनोजबाट खेल्ने पक्का भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै पोखरा राइनोजले गेल इपिएलका लागि क्लबमा आबद्ध भएको जानकारी दिएको छ । उनी नेपालमा क्रिकेट खेल्ने अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुनेछन् ।

गेलले भिडियो मार्फत् नेपाल क्रिकेट खेल्न पाउँदा उत्साहित भएको बताएका छन् । टिम पोखरा राइनोजलाई सपोर्ट गर्न पनि गर्ने आग्रह गरेका छन् । उनले आफ्नो धमका हेर्नका लागि तयार रहन पनि अग्रह गरेका छन् ।

गेलसँगै वेस्टइन्डिजकै ड्वायन स्मिथ, श्रीलंकाका उपुल थरंगा र अफगानिस्तानका मोहम्मद साहजादले पनि इपिएल खेल्ने पक्का भइसकेको छ । स्मिथ बुलटल ब्लास्टर्समा, थरंगा ललितपुर प्याट्रिओट्स र साहजाद चितवन टाइगर्समा आबद्ध भएका छन् ।

गेलले सन् १९९९ मा भारतविरुद्ध खेल्दै अन्तिर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । त्यस्तै उनले सन् २००० मा टेस्ट र सन् २००६ मा टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । यसबीच वेस्टइीन्डजका लागि उनले ३०१ एकदिवसीय, १०३ टेस्ट र ५८ टि–२० खेल खेलेका छन् । अघिल्लो वर्ष अगस्टपछि उनी वेस्टइन्डिज टिमबाट बाहिर रहँदै आएका छन् ।

सन् २०१३ को आइपिएलमा पुने वरियर्सविरुद्ध बनाएको नटआउट १७५ रन, सन् २०१५ को एकदिवसीय विश्वकपमा जिम्बाबेविरुद्ध बनाएको दोहोरो शतक र सन् २०१०मा श्रीलंकाविरुद्ध टेस्टमा बनाएको ३३३ रन गेलका उत्कृष्ट इनिङ हुन् ।

तथ्यांकमा गेल

  • टि–२० अन्तर्राष्ट्रिय
  • ५८ खेल
  • १६२७ रन
  • २ शतक, १३ अर्धशतक
  • १०५ छक्का, १३८ चौका
  • एकदिवसीय
  • ३०१ खेल
  • १०४८० रन
  • २५ शतक, ५४ अर्धशतक
  • ३३१ छक्का, ११२८ चौका
  • टेस्ट
  • १०३ खेल
  • ७२१४ रन
  • १५ शतक, ३७ अर्धशतक
  • ९८ छक्का, १०४६ चौका
  • टि–२०
  • ४०४ खेल
  • १३२९६ रन
  • २२ शतक, ८२ अर्धशतक
  • ९७८ छक्का, १०२६ चौका
Facebook Comments Box

Leave a Reply

Your email address will not be published.