दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस आइपिएल इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । १४औं संस्कणको आइपिएलका लािग मोसिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख रुपैयाँमा किनेको छ। चेन्नईमा जारी अक्सनमा मोसिसलाई भित्र्याउन राजस्थानले पञ्जाब किंग्स र मुम्बर्य इन्डियन्सलाई पछि पारेको थियो ।
यसअघि युवराज सिंह आइउपिएलका महँगा खेलाडी थिए । उनलाई सन् २०१५मा दिल्ली क्यापिटल्सले १६ करोड रुपैयाँमा किनेको थियो । तेस्रो स्थानमा पाट कमिन्स छन्, गत सिजन उनलाई कोलकाता नाइट राइडर्सले १५ करोड ५० लाख रुपैयाँमा निेको थियो । यस्तै, चौथो स्थानमा बेन स्टोक्स छन्, सन् २०१७ मा उनी १४ करोड ५० लाख रुपैयाँमा राइजिङ पुने सुपर जाइन्ट्समा आबद्ध भएका थिए ।


सर्वाधक महँगा खेलाडीको सूचमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् । आजै भएको अक्सनमा उनलाई रोयल च्यालेन्जर्स बैंग्लोरले १४ करोड २ लाख रुपैयाँमा किनेको छ। बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि चर्चामा आएका जेइ रिचर्डनलाई पञ्जाबले १४ करोड रुपैयाँमा किनेको छ।
यसैगरी चेन्नईमा जारी अक्सनमा इंग्ल्यान्डका अलराउन्डर मोइन अलीलाई चेन्नई सुपर किंग्सले ७ करोडमा किनेको छ भने इन्डियन अलराउन्डर शिवम दुवेलाई राजस्थानले ४ करोड ४० लाख रुपैयाँमा अनुबन्धन गरेको छ। यस्तै, बंगलादेशका अलराउन्ड सकिब अल असन पुनः कोलकाता नाइट राइडर्समा फर्किएका छन् । अघिल्लो सिजन नबिकेका सकिबलाई कोलकाताले ३ करोड २० लाखमा किनेको हो ।
मिनी अक्सनबाट यस्तै, स्टेभन स्मिथ २ करोड २० लाख रुपैयाँमा दिल्ली क्यापिटल्समा र डेविड मलान १ करोड ५० लाखमा पञ्जाबमा आबद्ध भएका छन् । यस्तै, करुण नायर, एलेक्स हल्स, जासन रोए, इभान लेविस, आरोन फिन्च, हनुमान बिहारी, हरभजन सिंह र केदार जाधवलगायत खेलाडीलाई भने अक्नसमा कसैले बोली लगाएनन् ।