°
, June 7, 2023 in

८ महिनापछि मैदान फर्किए एरिक्सन

SHARE:

डेनिस फुटबलर क्रिस्टिएन एरिक्सन हृदयघात भएको ८ महिनापछि पहिलो पटक फुटबल खेल खेलेका छन् । केही समयअघि प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा अनुबन्ध भएका ३० वर्षीय मिडफिल्डर साउदर्न युनाइटेड–११ विरुद्ध भएको क्लोज डोर मैत्रीपूर्ण खेल खेलेका हुन् ।

सो खेलमा एरिक्सनले १ घण्डा मैदानमा बिताएका थिए । खेलमा ब्रेन्टफोर्टले ३–२ ले विजयी भएको थियो।

एरिक्सनले पछिल्लो पटक २०२१ जुन १२ मा युरोकपमा फिनल्याण्डविरुद्ध प्रतिस्पर्धात्मक खेल खेलेका थिए । उक्त खेलमा हृदयघात भइ मैदानमै ढलेपछि उनलाई सीपीएर दिएर हस्पिटल लगिएको थियो ।

हृदयघात भएपछि उनले मुटुमा इम्प्लान्टेड कार्डियोभेर्टर डेफिब्रिलेटर ९आइसिडी० जडान गरिएको छ । जसका कारण इटालीमा उनले फुटबल खेल्न नपाउने भएका कारण इन्टर मिलानले एरिक्सनलाई रिलिज गरेको थियो ।

इन्टर मिलानले रिलिज गरेपछि एरिक्सनले यस सिजनको बाँकी अवधिका लागि गत महिना ब्रेन्टफोर्डमा अनुबन्ध भएका थिए ।

SHARE: