चेल्सीका पुलिसिचलाई कोरोना संक्रमण, लन्डन डर्बी गुमाउने

चेल्सीका अमेरिकन स्टार क्रिस्टियन पुलुसिचलाई कोरोना संक्रमण भएको छ। पुलिसिचलाई शुक्रबार कोरोना संक्रमण पुष्टी भएको हो।

युरोपियन सुपर कप र इपिएलको पहिलो खेल खेलेका आफ्ना विंगरलाई कोरोनो संक्रमण भएको पुष्टी प्रशिक्षक थोमस टुचेलले गरेका छन्।

पुलिसिच प्रोटोकल पालना गर्दै होम आइसोलेसनमा बसिरहेको टुचेलले बताए । सोही कारण पुलिसिचले लन्डन डर्बीमा टिममा नहुने पनि टुचेलले स्पष्ट पारेका छन्।

चेल्सीले इपिएलको सिजनको दोस्रो खेल आइतबार राति ९ः१५ बजे आर्सनलसँग खेल्दै छ। खेल आर्सनलको मैदान इमिरेट्समा हुनेछ।

पुलिसिचले क्रिस्टल प्यालेसविरूध्द दाेस्राे हाफमा मैदान छिर्दै गाेल पनि गरेका थिए।