चर्च बोइज क्लबले ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। मंगलबार भएको खेलमा २ गोलको अग्रता जोगउन नसक्दान एनआरटीसँग २–२को बराबरी खेलेपछि चर्च बोइजले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको हो।
च्यासल मैदानमा भएको खेलमा २०औं मिनेटमा आशिष चौधरीले गोलमा चर्च ब्वाइजले सुरुआती अग्रता लियो। पहिलो हाफ १–०मै सकियो।
६२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए । तर, खेलको ७१औं मिनेटमा रोशन खड्कीले गोल गर्दै एनआरटीलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २–२ गोलको बराबरीमा ल्याए।
यो बराबरीपछि चर्च बोइज १२ अंकसहित दोस्रो स्थानमा छन्। एनआरटीको भने ३ अंक मात्र छ।