च्यासलले पुष्प सदन स्कुलमा एकेडेमी चलाउने

ए डिभिजन क्लब च्यासल युथले कीर्तिपुरमा रहेको पुष्प सदन बोडिङ स्कुलमा फुटबल एकेडेमी चलाउने भएको छ। एकेडेमी सञ्चालनमा लागि च्यासले शुक्रबार पुष्प सदन बोडिङ स्कुलसँग सम्झौता गरेको छ।

एकेडेमी च्यासल युथ क्लब, एन्फा र पुष्प सदन स्कुलबीचको सहकार्यमा सञ्चालन हुने छ। एकेडेमी सञ्चालनसम्बन्धी सम्झौता पत्रमा च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यञ्जनकार,पुष्प सदन स्कुलमन प्रिन्सिपल रामधन राई र एन्फा उपाध्यक्ष तथा ग्रासरुट संयोजक उपेन्द्रमान सिंहले हस्ताक्षर गरे।

एकेडेमीमा पहिलो वर्ष १४ जना खेलाडी रहनेछन् । जसमा क्लब र स्कुलका ७–७ जना खेलाडी हुनेछन्। क्लबले दोस्रो वर्षमा थप सात खेलाडी एकेडेमीमा भर्ना गर्नेछ।

यसअघि एडिभिजनका ९ वटा क्लबले एकेडेमी चलाउने निर्णय गरिसकेका छन्। यसअघि विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ, पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, एनआरटी, मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबले एकेडेमी सञ्चालनका लागि सम्झौता गरिसकेका छन् ।