जारी सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले पहिलो जित निकालेको छ। शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा रुमेश बर्तौलाको गोल मद्दतमा च्यासलले विभागी एपिएफ क्लबलाई १–०ले हराएको हो ।
यसअघि पहिलो खेलमा च्यासल थ्री स्टारसँग पराजित भएको थियो भने लागतार दोस्रो हार ब्यहोरोको एपिएफ पहिलो खेलमा ब्रिगेड बोइजसँग पराजित भएको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा च्यासलले ४९औं मिनेटमा अग्रता लियो । ४९ औं रुमेशले कमल श्रेष्ठको पासमा गोल गरेका थिए । खेलअवधि भर एपिएफलाई दबाबमा राखेपनि उसले थप गोल भने गर्न सकेन।