°
, June 7, 2023 in

नेमार र एम्बापेको ह्याट्रिकमा पिएसजीको सानदार जित

SHARE:

स्टार खेलाडीद्वय नेमार जुयिनर र किलियन एम्बापेले ह्याट्रिक गरेपछि फ्रेन्च लिग वानमा पिएसजीले सानदार जित निकालेको छ। नेमार र एम्बापेको ह्याट्रिक मद्दतमा पिएसजीले क्लेरमोन्ट फुटमाथि ६–१ को जित निकाल्यो ।

नेमारले छैटौं मिनेटमा गोल गर्र्दै पिएसजीलाई अग्रता दिलाए। १९औं मिनेटमा एम्बापेले पिएसजीको अग्रता दोब्बर बनाए । नेमार र एम्बापे दुवैले मेसीको पासमा गोल गरेका थिए। ४२औं मिनेटमा जोडेल डोसोउले गोल गर्दै खेललाई २–१को अवस्थामा ल्याए।

पहिलो हाफ २–१मै सकियो । तर, दोस्रो हाफमा पिएसजीले थप ४ गोल गरेको थियो। ७१औं मिनेटमा पेनाल्टीमा नेमारले टिमका लागि तेस्रो गोल गरे । त्यसको तीन मिनेट पछि नै नेमारकै पासमा एम्बापेले गोल गरेपछि पिएसजीले ४–०को अग्रता लियो।

७९औं मिनेटमा एम्बापेले मेसीको पासमा गोल गर्दै दुवैले ह्याट्रिक पुरा गरे। मेसीले असिस्टको ह्याट्रिक गरे। ८३औं मिनेटमा एम्बापेको पासमा गोल गर्दै नेमारले पनि ह्याट्रिक पुरा गरे भने टिमलाई ६–०को जित दिलाए ।

जितसँगै पिएसजीले ३१ खेलमा ७१ अंक जोडेको छ, र उसले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ। क्लेरमोन्ट २८ अंक जोडेर १७औं स्थानमा छ।

SHARE: