ब्राजिलियन क्लब फ्लेमेङ्गोलाई हराउँदै साउदी क्लब अल हिलाल क्लब विश्वकपको फाइनलमा

Read Time:1 Minute

साउदी अरेबियन क्लब अल हिलाल क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेललका अल हिलालले ब्राजिलियन क्लब फ्लेमेङ्गोमाथि ३–२को जित निकाल्दै क्लब विश्वकपको फाइनल पुग्यो।

खेलमा अल हिलालका समीर अलद्वासरीले २ तथा लुसिआनो भिट्टोले १ गोल गरेका थिए। यता, फ्लेमेङ्गोका पोड्रोले २ गोल गरेका थिए।

खेलको चौथो मिनेटमै अल हिलालले अग्रता लियो । उसका अलद्वासरीले पेनाल्टीमा गोल गरेका थिए। २०औं मिनेटमा पेड्रोले गोल गर्दै खेलालाई बराबरीमा ल्याए।

पहिलो हाफाको इन्जुरी समयको आठौं मिनेटमा फ्लेमेङ्गो १० खेलाडीमा समेटियो। उसका गेर्सनले रातो कार्ड पाउँदो सोही अवसरमा प्राप्त पेनाल्टीमा अलद्वासरीले गोल गर्दै अल हिलाललाई पुनः खेलमा अग्रता दिलाए।

१० खेलाडीमा समेटिएपछि फ्लेमेङ्गो दबाबमा परेको थियो । त्यसको फाइदा अल हिलालले उठायो । ७०औं मिनेटमा भिट्टोले गोल गर्दै खेलमा अल हिलाललाई ३–१को अवस्थामा ल्याए। दोस्रो हाफको इन्जुरी समयमा पेड्रोले गोल फर्काए पनि त्यो फ्लेमेङ्गोको हार टार्न पर्याप्त भएन।

अब अल हिलालले उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इजिप्टको क्लब अल अहलीबीचको विजेतासँग खेल्नेछ । फाइनल शनिबार राति हुनेछ।

Happy
Happy
25 %
Sad
Sad
13 %
Excited
Excited
25 %
Sleepy
Sleepy
13 %
Angry
Angry
13 %
Surprise
Surprise
13 %
Previous post भूकम्पमा परी टर्किस गोलकिपर तुकास्लानको मृत्यु
Next post सन् २०३०को विश्वकपका लागि अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिलीको संयुक्त प्रस्ताव गर्ने तयारी
Close