एसियन कप छनोटनका लागि २३ सदस्यीय महिला टिमको घोषणा

आसन्न एएफसी महिला एसियन कपको छनोट प्रतियोगिताका लागि नेपाली महिला फुटबल टिमको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एसियन कप छनोटका लागि बुधबार २३ सदस्यीय महिला टिम घोषणा गरेका हुन्।

बन्द प्रशिक्षमा रहेका २८ सदस्यबाट फिलिप्सले एसियन कप छनोटका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन्। टिमबाट बाहिरिने खेलाडीमा अमिसा कार्की, अन्जली वाइबा, हिमा चाैधरी, मनिषा राउत र शर्मिला थापा छन् ।

एएफसी महिला एसियान कप छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससको सामाना गर्ने छ। छनोटको समूह एफअन्तर्गतको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८मा हुने छ।

नेपालले छनोटको दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१मा खेल्ने छ । समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ ।

छनोटका सबैखेल उज्वेकिस्तानमा आयोजना हुने छ । यसअघि समूह एफको छनोट खेल नेपालमै आयोजना हुने तय थियो । अन्तिम समयमा कोरोनाको कारण देखाउँदै छनोट खेल नेपालबाट उज्वेकिस्तान सारिएको हो।

समूहका शीर्ष टिमले अर्को वर्ष भारतमा जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुने एसियन कप खेल्ने छन्।

यी हुन् २३ सदस्यीय टिममा परेका खेलाडी

  • अनिता बस्नेत
  • अनिता केसी
  • सरु लिम्बु
  • अन्जना राना मगर
  • एन्जिला सुब्बा
  • उषा नाथ
  • अमृता जैशी
  • विमला बिक
  • विमला चौधरी
  • दिपा राई
  • गीता राना
  • हिरा भुजेल
  • इन्द्र राई
  • मन्जली थोकर
  • निशा थोकर
  • प्रिती राई
  • पुजा राना
  • पुनम जर्गा मगर
  • रजनी थोकर
  • रश्मी घिसिङ
  • रेनुका नगरकोटी
  • सबिता राना
  • सिर्जना सिंह