मुख्य प्रशिक्षक यम गुरुङ भन्छन्– तयारी राम्रो भएको छ, प्रतियोगिताका लागि तयार छौं

Read Time:1 Minute

नेपाली यूÞ–२० फुटबल टिम यतिखेर बंगलादेशमा छ । ढाकामा शुक्रबारबाट सुरु हुने यू–२० महिला साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टिम बुधबार ढाका पुगेको हो।

नेपालले उद्घाटन खेलमै आयोजक बंलादेशको सामाना गर्दै छ। प्रतियोगितामा नेपाल, बंगलादेश, भारत र भुटान मात्र सहभागी छन्।

प्रतियोगिता अघि आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक यम गुरुङ टिम प्रतियोगिताका लागि तयार भएको बताए । उनले तयारी राम्रो भएकोले सुखद् सुरुआतको योजना रहेको पनि बताए।

‘सहभागी सबै चार टोली उस्तै छन्, खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छन्,’ नेपाली टिमको तयारी राम्रो भएको बताउँदै प्रशिक्षक गुरुङले भने, ‘आयोजकको रुपमा बंगलादेशलाई फाइदा छ, तर हामी मैदानमा मेहनत गरेर खेल्छौं । हामी पूर्ण रुपमा तयार छौं ।’

प्रतियोगितामा फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ। सिंगल राउण्ड रोविन लिगमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन्।

Happy
Happy
20 %
Sad
Sad
0 %
Excited
Excited
80 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सन्दीप बन्द प्रशिक्षण सहभागी, राष्ट्रिय टिममा पर्ने बाटो खुल्यो
Next post अन्तर्राष्ट्रिय फुटबलबाट भरानले लिए सन्न्यास
Close