सन् २०२४को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा आयोजना हुने भएको छ। इक्वेडरले प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएपछि दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल)ले प्रतियोगिता अमेरिकामा गर्ने निर्णय गरेको हो।
कोपा अमेरिका दोस्रो पटक अमेरिकामा हुन लागेको हो। यसअघि प्रतियोगिता १ सय वर्षमा पुगेको अवसरमा सन् २१०६मा पनि अमेरिकामै आयोजना गरिएको थियो ।
उत्तर अमेरिका १० राष्ट्र सहभागी हुने प्रतियोगिता यो पटक मध्य अमेरिकामा ६ टिम थप्दै कुल १६ टिम सहभागी हुनेछन्। मध्य अमेरिकाबाट कोपा अमेरिका खेल्ने ६ टिमको टुंगो भने २०२३–२४ को कोनकाकाफ नेसन्स लिगबाट लाग्नेछ।
२०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र उत्तर तथा मध्य अमेरिकी फुटबल संघ कोनकाकाफबीच विभिन्न सहमति समेत भएको छ ।
यस्तै दुई महादेशको फुटबल संघबीच भएको रणनीतिक साझेदारी अनुसार २०२४ को कोनकाकाफ महिला गोल्डकपमा कन्मेबोलबाट ४ आमन्त्रित टिम हुनेछ । यसमा कूल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । यस्तै दुवै महादेशबाट २(२ टिम समावेश गरी २०२४ मा चार टिमको नयाँ क्लब प्रतियोगिता समेत गर्ने भएको छ ।