कोपा डेल रे क्वार्टरफाइलनमा ड्र सार्वजनिक, बार्सिलोनालाई गाह्रो, रियललाई सहज

स्पेनिस फुटबल फेडेरेसनले कोपा डेल रेको क्वार्टरफाइनलको ड्र शुक्रबार बेलुकी सार्वजनिक गरेको छ । सार्वजनिक ड्र अनुसार क्वार्टरफाइलनमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले सबैभन्दा कठीन प्रतिद्वन्द्वी पाएको छ भने रियल म्याड्रिडले केही सहज प्रतिद्वन्द्वी पाएको छ ।

बार्सिलोनाले सेमिफाइनल प्रवेशका लागि यो सिजन निकै फर्ममा रहेको सेभिल्लाको सामाना गर्ने भएको छ । यस्तै लगातार तीन पटकको युरोपियन च्यािम्पयन रियल म्याड्रिडले भने जिरोनालाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।

यसैगरी कोपा डेल रेको क्वार्टरफाइलना गेटाफे र भ्यालेन्सिया भीड्ने छन् भने इस्पानियोलले रियल बेटिसको सामाना गर्ने छ ।

बार्सिलोनाले लेभान्तेलाई ४–२ ले पराजित गर्दै क्वार्टरफाइलनमा प्रवेश गरेको हो भने रियलले लेगानेसलाई ३–१ ले पराजित गरेको थियो । भ्यालेन्सियाले स्पोर्टिङ गिजोनलाई, जिरोनाले एट्लेटिको म्याड्रिडलाई, सेभिल्लाले एट्लेटिको बिल्बाओलाई पराजित गर्दै क्वार्टरफाइलन प्रवेश गरेको हो ।

यस्तै इस्पोनियोलले भिल्लारियललाई, रियल बेटिस रियल सोसिडाडलाई र गेटाफे भाल्लाडोलिडलाई पराजित गर्दै क्वार्टरफाइलनमा स्थान बनाएका हुन् । क्वार्टरफाइलनको पहिलो लेग २३ जनवरीमा हुने छ भने दोस्रो लेग ३० जनवरीमा हुने छ ।