कर्पोरेट ब्याडमिन्टन : टेलिकम र सिल्क सेमिफाइनलमा

Read Time:4 मिनेट

नेपाल टेलिकम राजधानीमा जारी कुमारी बैंक काठमान्डौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको सेमिफाईनलमा प्रवेश गरेको छ । टेलिकमले दुई जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

टेलिकमले नेपाल विद्युत प्राधिकरण र नेपाल राष्ट्र बैंकमाथि जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो दिन राष्ट्र बैंकलाई ३ –० ले हराएको टेलिकमका नेपाल नम्बर एक खेलाडी रत्नजितले राष्ट्र बैंकका नम्बर दुई दिपेश धामीलाई २१–१५, २२–२४, २१–१७ ले पराजित गरे । यस्तै टेलिकमकी सिमा राजवंशीले राष्ट्र बैंककी अमिता गिरीलाई २१–११, १२–२१, २१–१८ ले पराजित गरिन् । टेलिकमका सुरेन्द्रसिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडीले राष्ट्र बैंकका ऋषिकेश भट्ट र डिलाराम सवेदीको जोडीमाथि २१–१४, २१–१४ को जित निकाले ।

यसैगरी टेलिकमले विद्युत प्राधिकरणलाई ३–२ ले पराजित गर्ने क्रममा रत्नजितले प्राधिकरणका दीपक बोहरालाई २१–९, २१–११ले पराजि गरे । दोश्रो खेलमा प्राधिकरणकी शोभा गौचनले टेलिकमकी सिमा राजवंशीलाई २३–२१, २४–२२ ले पराजित गर्दै खेललाई एक एकको बराबरीमा ल्याईन् । यस्तै तेश्रो खेलमा टेलिकमका शोभाकर भण्डारी र सुरेन्द्रसिंह कार्कीको जोडीले प्राधिकरणका टेकबहादुर बुढा र रत्न श्रेष्ठको जोडीमाथि २१–१५, २१–१७ को जित निकाल्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

यस्तै चौथो खेलमा प्राधिकरणका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीले टेलिकमका जे।टि। गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१–१५, २४–२२ ले पराजित गर्दै पुन खेललाई २–२ को बराबरीमा पु¥याए । यस्तै अन्तिम तथा निर्णायक खेलमा टेलिकमका कृष्ण शर्मा र रत्नजितको जोडीले दिपक बोहरा र राजु महर्जनको जोडीमाथि २१–१९, २१–१० को जित निकाल्दै ३–२ का साथ टेलिकमलाई सेमिफाइनमा स्थान पक्का बनाए ।

यसैगरी सिल्क ग्रुप पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिल्कले कुमारी बैंक, कान्तिपुर र नेपाल आयल निगमलाई हराउँदे सेमिफाइनलमा स्थान पक्का गरेको हो । च्याम्पियनसिपको पहिलो दिन आयल निगममाथि ३–१ को जित निकालेर जितको सुरुवात गरेको सिल्कले दोश्रो दिनको पहिलो खेलमा कान्तिपुर पब्लिकेशनलाई ३–२ ले पराजित ग¥यो ।

यसैगरी सिल्कले अन्तिम खेलमा कुमारी बैंकलाई पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो । सिल्कले कुमारी बैंक माथि ३–१ को जित निकालेको हो । सिल्कका विकास श्रेष्ठले कुमारीका सुदीप सेढाईलाई २१–१५, २१–१० ले पराजित गरे । दोश्रो खेलमा अनुमाया राईले कुमारीकी सुनयना मुखियालाई २१–१०, २१–१६ ले हराइन् भने तेश्रो खेलमा कुमारीका बिक्रम निरौला र निरज राईको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१७, १०–२१, २१–१७ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

यसैगरी चौथो खेलमा सिल्क ग्रुपको अनुमाया राई र ताशी शेर्पाको जोडीले ११–२ को अग्रता लिएको अवस्थामा कुमारी बैंककी सुनयना मुखियाको घुडामो चोट आएका कारण खेललाई त्याग्न बाध्य भए पश्चात सिल्कले खेल जित्दै सेमिमा स्थान पक्का गरेको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पुसमा राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
Next post बेन्जिमा चम्किँदा रियल विजयी, एट्लेटिकाे पराजित
Close