°
, June 2, 2023 in
0

बार्सिलोना फर्किए काउटिन्हो

SHARE:

ब्राजिलियन विंगर फिलिपे काउटिन्हो स्पेनिस क्लब बार्सिलोना फर्किएका छन् । जर्मन क्लब बायर्न म्यूनिखमा लोनमा एक सिजिन बिताएर काउटिन्हो क्याम्प नेउ फर्किएका हुन् ।

ट्रिबेल जितेका काउटिन्होलाई बार्यनले सामाजिक सञ्जालबाट सहाकार्यका लागि धन्यवाद भन्दै बिदाइ गरेको छ । काउटिन्होले पनि क्लब र समर्थकलाई धन्यवाद दिएका छन् ।

२८ वर्षीय कोटिन्होले बायर्नमा एक सिजन रहदा बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेका थिए । कुुर्कचाको चोटका कारण २ महिना मैदानबाहिर रहेका काउन्टिन्होले यो सिजन बार्यनका लागि ३८ खेलमा ११ गोल गरेका थिए । काउटिन्होले च्याम्यिन्स लिग क्वार्टरफाइनलमा बार्सिलोनाविरुद्ध नै २ गोल गरेका थिए ।

सन् २०१७-०१८ मा विन्टार ट्रान्सफर विन्डोमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका काउटिन्हो क्याम्पनेउमा डेढ सिजन बिताउँदै लोनमा बायर्न आएका थिए । उनले बार्सिलोनाबाट ७६ खेल खेल्दै २१ गोल गरेका छन् ।

बार्सिलोना फर्किए पनि उनी क्याम्पनेउमै बस्ने भने अझै टुंगो लागेको छैन । प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको रोजाइनमा नपरेका काउटिन्हो बासिलोना छाड्न चार्चा व्यापक चलेको थियो । तर, रोनाल्ड कोमयन प्रशिक्षक बनेपछि बने उनी बार्सिलोनामै बस्ने सम्भावना पनि देखिएको छ । बार्सिलोनासँग कोटिन्होको सम्झौता अझै ३ वर्ष बाँकी छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *