काउटिन्हो बार्सिलोनामै रहने, १० नम्बर जर्सीको प्रस्ताव

ब्राजिलियन स्टार फिलिपे काउटिन्हो अझै एक सिजन बार्सिालेनामै बस्ने भएका छन्। काटिन्होलाई कुनै क्लबबाट पनि उपयुक्त प्रस्ताव नभएपछि उनी बार्सिलोनामै बस्ने पक्का भएको हो।

२९ वर्षीय काउन्टिहो बार्सिलोनामै बस्ने भएपछि उनले आगामी सिजन मिडफिल्डमा महत्वपूर्ण भूमिका पाउने सम्भावना छ । प्रशिक्षक रोनाल्डो कोक्यामनको खेलाउने शैलीमा काउटिन्हो फिट हुने भएकाले पनि बार्सिलोनाले यो सिजन उनलाई मेसीको भूमिका दिन सक्नेछ।

मेसीले क्लब छाडेको सर्जियो अगुएरो, अन्सु फाती र ओसमान डेम्बेले घाइते रहेकाले यो सिजन काउन्टिहो बार्सिलोनाका प्रमुख खेलाडी हुनेछन्।

यसैबीच बार्सिलोनाले काउन्टिहोलाई खाली रहेको १० नम्बरको जर्सीले लगाउन प्रस्ताव गरेको बताइएको छ। लियोनल मेसीले बार्सिलोना छाडेपछि १० नम्बरको जर्सी खाली छ ।

उनले लिभरपुलमा पनि १० नम्बरकै जर्सी लगाउने गरेका थिए । सुरुमा उनले बार्सिलोनामा ७ नम्बरको नम्बरको जर्सी लगाए भने अघिल्लो सिजन उनले १४ नम्बरको जर्सी लगाएका थिए।

काउन्टिहो सन् २०१८मा कीर्तिमानी मूल्यमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए। उनलाई भित्र्याउन बार्सिलोनाले १४२ मिलियन युरो खर्चिएको थियो। ४ सिजन बार्सिलोनामा बिताउँदा उनले ९० खेल खेल्दै २४ गोल गरेका छन्।

त्यहीबीच उनी एक सिजन लोनमा बार्यन म्युनिख पनि गए। त्यहाँ उनले ३८ खेल खेल्दै ११ गोल गरेका थिए । अघिल्लो सिजन उनी बार्सिलोनामै रहे पनि चोटका कारण अधिकांश समय मैदान बाहिरै रहेन।

काटिन्होले लिभपुलमा उनले ६ सिजन बिताउँदा १०१ खेल खेल्दै ५४ गोल गरेका छन्। उनी सन् २०१२मा इन्टर मिलानबाट लिभएर पुल आएका थिए । त्यहाँ तीन सिजन बिताउँदा उनले ४७ खेलमा ५ गोल गरेका थिए।