ओलम्पिकको तयारीमा रहेका खेलाडी र प्रशिक्षकले लगाए कोरोना खोप

आगामी जुलाईमा जापानमा आयोजना हुने ३२औं गृष्मकालीन ओलम्किपकको तयारीमा रहेका खेलाडी तथा प्रशिक्षकहरुले आइतबार कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपाल ओलम्पिक कमिटीको पहलमा आइतबार ओलम्पिक छात्रवृत्ति तथा वाइल्ड कार्डमा रहेका खेलाडी र प्रशिक्षकले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

पाटन अस्पतालमा कराँते, जुडो, सुटिङ, एथलेटिक्स र बक्सिङका खेलाडी तथा प्रशिक्षकले खोप लगाएका हुन् । यस्तै पोखरामा आर्चरी र भारोत्तोलनका खेलाडी तथा प्रशिक्षकले खोप लगाए । पौडीका खेलाडीले भने यसअघि नै खोप लगाइसकेका छन् ।

यस्तै, ओलम्पिक कमिटीका पदाधिकारी र कर्मचारी पनि आइतबार नै खोप लगाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.