क्यारेबियन प्रिमियर लिग (सिपिएल) को ट्रिन्बागो नाइट्स राइडर्सले जितेको छ । आइतबार बिहान भएको खेलमा गुयना अमाजोन वरियर्सलाई ८ विकेटले पाराजित गर्दै ट्रिन्बागोले सिपिएलको उपाधि जितेको हो ।
गुयनाले दिएको १ सय ४८ रनको लक्ष्य ट्रिन्बागोले १७.३ ओभमा २ विकेट गुमाउँदै भेट्टायो । ट्रिन्बागोलाई जित दिलाउन कोलिन मुन्रोले नटआउट ६८ रनको इनिङ खेले । उनले ३९ बल खेल्दै ६ चौका र ३ छक्क प्रहार गरे ।
यस्तै, ब्रेनडन म्याकुलमले ३९ तथा दिनेश रामदिनले २४ रन बनाए । म्याकुलमले २४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । गुयनाका रोमारियो सेफ्रेड र क्रिस ग्रिनले १–१ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको गुएनाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । गुयनाका लागि लुक रोन्चीले ४४ र जासन मोहमदले २४ रन बनाए । गुएनालाई मध्यम योगफलमा समेट्ने क्रममा ट्रिन्बागोका खारी पियर्रीले ३ विकेट र ड्वायन ब्राभोले २ विकेट लिए ।
मुन्रो सिपिएलको उत्कृष्ट खेलाडी
गुयनाविरुद्धको फाइलनमा नटआउट ६८ रनको उत्कृष्ट इनिङ खेलेका न्यूजिल्यान्डका विस्फोटक ब्याट्सम्यान कोलिन मुन्रो क्यारेबियन प्रिमियर लिग –सिपिएल)को उत्कृष्ट खेलाडी घोषित भए । मुन्रोले सिपिएलको १३ म्याचमा ५२.५४को औसतमा ५ सय ६७ रन बनाएका थिए । प्रतियोगितामा ६ अर्धशतक प्रहार गरेका मुन्रोको स्टाइकरेट १४०.३४ थियो ।