नेपाल क्रिकेट संघ(क्यान)को साधारणसभा पुसमा हुने भएको छ। मंगलबार बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारणसभा पुस १४ र १५ गते गर्ने निर्णय गरेको हो।
अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा बसेको बैठकले सधारणसभाको स्थालको पनि टुंगो लगाएको छ। साधारणसभा धनगढीमा आयोजना हुनेछ।
यसैगरी बैठकले राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि पुसभित्रै गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुसभित्र सम्पन्न गर्ने निर्णय गरेको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै, क्यानको विधानअनुससार ४ वर्षे कार्यकाल समाप्त भएका र समाप्त हुने जिल्लाहरूमा अधिवेशन पनि माघ ७ गतेभित्र गरिसक्ने निर्णय पनि बैठकले गरेको छ।