श्रीलंकन क्रिकेट टिमका कप्तान कुशल परेरालाई कोरोना संक्रमण देखिएको छ। श्रीलंका क्रिकेट बोर्डले आफ्ना विकेटकिपर ब्याट्सम्यान परेरालाई सोमबार कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ।
दक्षिण अफ्रिकाविरुद्धको आसन्न एकदिसीय र टि–२०को तयारी थाल्नुअघि गरिएको परीक्षणमा परेरालाई संक्रमण देखिएको हो। उनी अहिले सेल्फ आईसोलेसनमा बसेका छन्। ।
संक्रमण पुष्टी भएपछि उनले दक्षिण अफ्रिका विरुद्धको सिरिज गुमाउने सम्भावना बढेको छ। दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज २–७ सेप्टेम्बरसम्म हुने छ भने टि–२० सिरिज १०–१४ सेप्टेम्बरसम्म हुने छ।