खेल भावनाविरुद्ध कार्य गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)ले किंग्स इलावेन पञ्जाबका ब्याट्सम्यान क्रिस गेललाई जरिवाना तिराएको छ । युएईमा जारी १३औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँगको खेलमा खेल भावना विपरित कार्य गरेको भन्दै गेललाई जरिवाना गरिएको हो ।
आईपीएलको नियम उलंघन गरेको भन्दै गेललाई म्याच फिको १० प्रतिशत जरिवाना गरिएको जनाएको छ । राजस्थानविरुद्धको खेलमा ९९ रनमा आउट भएपछि गेलले ब्याट भुईमा फालेका थिए । शतक बनाउन एक रनले चुकेका उनलाई जोफ्रा आर्चरले आउट गरेका थिए ।
पन्जाबले राजस्थानविरुद्धको उक्त खेल ७ विकेटले गुमाएको थियो । राजस्थानविरुद्ध शतक बनाउन चुकेपनि गेलले १ हजार छक्काको कोशेढुंगा पुरा गरेका थिए । वेस्ट इन्डिजका गेल टी–ट्वान्टी क्रिकेटमा १ हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी हुन् ।