°
, June 1, 2023 in
0

रोनाल्डो चम्किँदा युभेन्ट्स विजयी

SHARE:

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि इटालियन सिरि एमा युभेन्ट्स विजयी भएको छ । दोस्रो हाफमा मैदान प्रवेश गर्दै रोनाल्डोले २ गोल गरेपछि युभेन्ट्सले स्पेजियालाई उसकै मैदानमा ४–१ले हरायो ।

१९ दिन आइसोलेसनमा बसेर कोरोना मुक्त भएका रोनाल्डोले कोरोना संक्रमणपछि पहिलो खेलमै आफ्नो प्रभाव जमाउन सफल भए । तीनसाताअघि इन्टरनेश्नलर ब्रेकका क्रममा रोनाल्डोलाई कोरोना संक्रमण भएको थियो ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे । घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए ।

१६औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, ३२औं मिनेटमा स्पेजियाका पोबेगाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

रोनाल्डो ५६औं मिनेटमा पाउलो डिबलाको स्थानमा मैदान प्रवेश गरेका थिए । मैदान छिरेको तीन मिनेट नवित्तै रोनाल्डोले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । ६८औं मिनेटमा राबिओटले गोल गर्दै युभेन्ट्सको अग्रता ३–१ को बनाए ।

त्यसपछि खेलको ७७औं मिनेटमा पेनाल्टीबाट रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४–१ को जित दिलाए ।

जितसँगै युभेन्ट्सले ६ खेलमा १२ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको छ । स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *