रोनाल्डोले लेखाए गिनिज बुकमा नाम

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गिनिज बुक अफ वर्ल्ड रेडर्कमा नाम लेखाएका छन्। बुधबार राति भएको रिपलब्कि अफ अयरल्यान्डविरुद्ध गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले सोही कीर्तिमानका लागि गिनिज बुकमा नाम लेखाएका हुन्।

रोनाल्डोले गिनिज बुकको प्रमाणपत्रसहित फोटो सामाजिक सञ्जालमा पोस्ट गर्र्दै रोनाल्डेले गिनिजबुक वर्ल्र्डलाई धन्वयाद दिएका छन्। उनले खेलेका छन्, ‘गिनिज बुक वर्ल्ड रेकर्डलाई धन्यवाद ! रेकर्ड राख्दा सधैं खुसी लाग्छ । यो रेकर्डलाई अझ थप उचाई लैजान प्रयास गरौं।’

३६ वर्षीय रोनाल्डोले सन् २००३देखि पोर्चुगलका लागि खेल्दै आएका छन्। रोनालडोले पोर्चुगलका १८० खेलमा १११ गोल गर्दै इरानका अली दाइको रेकर्ड तोडेका थिए। अली दाइले १०९ गोल गरेका थिए।

क्लब फुटबलमा सबै उपाधि जितेका रोनाल्डोले पोर्चगलबाट युरोकप र युईएफए नेसन्स लिग उपाधि जितेका छन्।

Facebook Comments Box