पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटालियन सिरि एमा पेनाल्टीमा गोल गर्न चुकेका छन् । इटालियन सिरी ए अन्तर्गत बिहीबार राति भएको किएभोविरुद्ध रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेका हुन् ।
सिरिएमा पहिलो पेनाल्टी मिस भएपनि समग्रमा रोल्नाडोको यो २५ पेनाल्टी मिस हो । रोनाल्डोले समग्रमा १ सय ३९ पेनाल्टी प्रहार गरेका छन् ।
रोनाल्डोको पेनाल्टी मिस गरेपछि युभेन्ट्सले भने सहज जित हात पारेको छ । सोमबार घरेलु मैदान टुरिनमा युभेन्ट्सले किएभोलाई ३–० ले पारजित ग¥यो । युभेन्टसलाई जित दिलाउन डग्लस कोस्टा, एम्रे क्यान र ड्यानिइल रुगनीले समान एक गरे ।
घरेलु मैदानमा युभेन्ट्सले १३औं मिनेटमा डग्लस कोस्टाको गोलबाट अग्रता लिएको थियो । पाउलो डिबालाको पासमा कोस्टाले डिबक्सबाहिर २० यार्डबाट कोष्टाको उत्कष्ट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा क्यानले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । क्याननले डिबालाको पासमा गोल गरेका हुन् । ५२ औं मिनेटमा युभेन्ट्सले पेनाल्टी पायो । तर, त्यसलाई स्टार रोनाल्डो गोलमा परिणत गर्नबाट चुके । किएभोका डिफेन्डरले डिबक्समा ह्यान्ड गरेपछि युभेन्ट्ुले पेनाल्टी पाएको थियो । खेलको ८४औं मिनेटमा रुगनीले गोल गरेपछि युभेन्ट्सले किएभोविरुद्ध सहज जित निकाल्यो ।
किएभोविरुद्धको जितसँगै डिफेन्डिङ च्याम्पियन युभेन्टसले पहिलो स्थानमा ९ अंकको अग्रता कायम गरेको छ । युभेन्ट्सको २० खेलबाट ५६ अंक छ भने दोस्रो स्थानमा नेपोलीको ४७ अंक छ । यस्तै किएभोको भने आठ अंक मात्रै छ ।
किएभोलाई निरन्तर दबाबमा राखेको युभेन्ट्सले खेलमा २६ सट प्रहार गरेको थियो । जसमध्ये १० सट टार्गेटमा थियो । यस्तो किएभोले भने ९ मध्ये ३ सटमात्र फ्रेममा प्रहार गरेको थियो । खेलमा युभेन्टसले ६२ प्रतिशत बल निययन्त्रणमा लिँदै ६ सय ६३ पास खेलेको थियो । यता किएभोले भने ३ सय ९७ पसा मात्र खेलेको थियो ।