सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि मैत्रीपूर्णं खेलमा पोर्चुगिल विजयी भएको छ। शनिबार राति भएको खेमला रोनाल्डोलको गोल मद्दतमा पोर्चुगलले कतारलामाथि ३–०को जित निकाल्यो।
खेलमा रोनाल्डोसँगै जोस फोन्टे र आन्द्रे सिल्भाले पनि गोल गरेका थिए । ३७औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरआती अग्रता दिलाए। पोर्चुगलका लागि रोनाल्डोको यो ११२औं गोल हो भने उनले फरक ४६ देशविरुद्ध गोल गरेका हुन्।
यस्तै ४८औं मिनेटमा फोन्टेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। ९०औं मिनेटमा आन्द्रे सिल्भाले गोल गरेपछि पोर्चुगल ३–०ले विजयी भयो ।