रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको सानदार जित

३४ वर्षीय स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि युरोपक छनोटमा पोर्चुगलले लिथवानियाविरुद्ध सादनर जित हात पारेको छ । मंगलबार राति भएको खेलमा रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरेपछि पोर्चुगलले लिथुवानियालाई ५–१ले पराजित गरेको हो ।

पोर्चुगललाई सनदार जित दिलाउने क्रममा रोनाल्डोका अलावा बर्नार्डो सिल्भा, युवा स्ट्राइकर जोअ फेलिक्सले पनि उत्कृष्ट प्रदर्शन गरे । पोर्चुगलका लागि पाचौं गोल विलियम कारबाल्होले गरे भने लिथुवानियाका विताउनास एण्ड्रियुस्केविसियसले गोल गरे ।

रोनाल्डोले ७औं मिनेटमै पोर्चुगललाई अग्रता दिलाएका थिए । फेलिक्सको क्रममा लिथुवानियाका खेलाडीले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए । २८औं मिनेटमा एण्ड्रियुस्केविसियसले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा पोर्चुगलले ४ गोल गरेको थियो । ६१औं मिनेटमा राफा सिल्भाको पासमा रोनाल्डोले पुनः पोर्चुगललाई अग्रता दिलाए । त्यसको ४ मिनेट पछि नै बर्नार्डो सिल्भाको पासम रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरे । राष्ट्रिय टिमका लागि रोनाल्डोको यो आठौं ह्याट्रिक हो ।

६७औं मिनेटमा बर्नार्डो सिल्भाकै पासमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ४–१को अग्रता दिलाए । इन्जुरी समयको दोस्रो मिनेटमा कालबार्होले गोल गरेपछि पोर्चुगलले खेल ५–१ले जित्यो ।

खेलमा गोल नगरेपछि बर्नार्डो सिल्भा र जोअ फेलिक्सले उत्कृष्ट प्रदर्शन गरे । म्यान्चेस्टर सिटीका मिडफिल्डर सिल्भाले २ असिस्ट गरेका थिए । यता, एथ्लेटिको म्याड्रिका युवा स्टार फेलिक्सले लिथुवानियाविरुद्ध आफ्नो प्रभाव छाडेका थिए । उनका दुई उत्कृष्ट प्रहारलाई लिथुवानियाका किपरले मुस्किलले बचाएका थिए ।

जितसँगै समूह बीमा पोर्चुगल ८ अंकका साथ दोस्रो स्थानमा छ । यो समूहमा युक्रेन १३ अंकका साथ शीर्ष स्थानमा छ । लिथुवानिया १ अंकका साथ पुछारमा छ ।

यसैगरी युरोकप छनोटकै अन्य खेलमा रोमाञ्चक खेलमा इंग्ल्यान्डले कोसोभोलाई ५–३ले पराजित गरेको छ भने विश्व च्याम्पियन फ्रान्सले एन्डोरालाई ३–०ले हरायो । यस्तै, अल्बानियाले आइसल्यानडलाई ४–२ले, टर्कीले माल्दोभालाई ४–०ले र सर्भियाले लक्जेम्बर्गलाई ३–१ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *