रोनाल्डोलाई कोरोना संक्रमण

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ । युईएफए नेसन्स लिगका लागि पोर्चुगिज टिमका रहेका रोनाल्डोलाई स्वीडेनविरुद्धको खेलअघि गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएछि रोनाल्डोले नेसन्स लिगअन्तर्गत आज राति हुने स्वीडेन विरुद्धको खेल गुमाउने भएका छन् । कोरोना पुष्टी भएपछि रोनाल्डो सेल्फ आइसोलेसनमा बसेका छन् । उनको अवस्था समान्य रहेको बताइएको छ ।

प्रशिक्षक फर्नान्डो सान्तोष रोनाल्डो स्वीडेन विरुद्ध खेल्न योग्य भएको बताएका छन् । तर, स्वास्थ्य प्रोटोकलका कारण मात्र उनी टिमबाट बाहिरिहको बताएका छन् ।

सेल्फ आइसोलेसनमा रहेका रोनाल्डोले युभेन्ट्सका आगामी दुई खेल पनि गुमाउने छन् । युभेन्ट्सका आगमी साता सिरि एमा क्रोटोन र च्याम्पिन्यस लिगमा डाइनामो किभविरुद्ध खेल्दै छ ।

नेसन्स लिगमा फ्रान्स र पोर्चुगलबीचको खेल भएको केही दिनमा रोनाल्डोमा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएको केही घण्टाअघि उनले आफ्नो टिमका साथीहरुसँग सेल्फी खिचेका थिए । तर, टिमका अन्य सबै खेलाडीहरुको रिपोर्ट भने पोजेटिभ आएको छ ।

कोरोना संक्रमण देखिने रोनाल्डो सबैभन्दा ठूलो स्टार फुटबलर हुन् । यसअघि ब्राजिलिका नेमार, फ्रान्सका किलियन एम्बप्पे तथा अर्जेन्टिनाका एन्जेल डि मारियालाई संक्रमण देखिएको थियो ।