°
, June 1, 2023 in
0

रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

SHARE:

सन् २०२० को गोल्डेन फुट अवार्ड पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले जितेका छन् । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले लियोनल मेसी, रोबर्ट लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

पहिलो पटक गोल्डेन फुट अवार्ड जितेका रोनाल्डोले यो अवार्ड जित्ने १८औं खेलाडी बनेका छन् । अन्तिम मनोनयनमा परेका १० खेलाडीमध्ये रोनाल्डोले सर्वाधिक मत ल्याएका थिए । मनोनयनमा रोनाल्डोसँगै मेस्सी, लेवान्डोस्की, सलाहसँगै नेयमार, जर्जियो चेलीनी, सर्जियो रामोस, सर्जियो अग्युरो, जेरार्ड पिके र अर्टुरो भिडाल परेका थिए । थिए ।

केही समय पश्चात मोनाकोमा आयोजना हुने एक कार्यक्रमबीच रोनाल्डोलाई यो अवार्ड प्रदान गरिने छ। गत सिजन यो अवार्ड रियल मड्रिडका लुका मोड्रिचले जितेका थिए । सन् २००३ बाट प्रदान गर्न थालिएको यस अवार्ड रोनाल्डिन्हो, रोनाल्डो, ज्लाटन इब्राहिमोविच, डिडियर ड्रोग्बा, एडिन्सन काभानी, इकर कासिलास जस्ता खेलाडीले प्राप्त गरिसकेका छन् । मेसीले भने अहिलेसम्म यो अवार्ड जितेका छैनन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *