विश्वकप फुटबल सुरु हुनै लाग्दा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँगका सम्झौता रद्द गरे। क्लबसँगको असमझदारीपछि युनाइटेड र रोनाल्डो दुवै सम्झौता टुंग्याउन राजी भएका थिए।
युनाइटेडसँगको सम्झौता रद्द भएसँगै ३७ वर्षीय रोनाल्डो अहिले क्लब बिहीन छन्। कतारमा पोर्चुगलको नेतृत्व गरिरहेका रोनाल्डोले साउसदी अरेबिया जाने चर्चा चल्यो।
केही अघि रोनाल्डोले साउदी क्लब अल नासरसँग सम्झौता गरेको खबर बाहिरियो। तर, रोनाल्डोले साउदी क्लबसँग आफूले सम्झौता नगरेको बताएका छन्।
कतार विश्वकपअन्तर्गत मंगलबार राति भएको स्वीट्जरल्यान्डसँगको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै रोनाल्डोले कुनै क्लबसँग सम्झौता नगरेको बताएका हुन्। उनले बाहिर एका सबै समाचार झुठा भएको पनि बताए।
साथै, उनले महान फुटबलर पेलेको शीघ्र स्वास्थ्यलभाको पनि कामना गरे । उनले पेले फुटबलको किङ भएको पनि बताएका छन्।