पेनाल्टी सुटआउटमा जापनलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गोलकिपर डोमोनिक लिभाकोभिचले उत्कृृष्ट प्रदर्शन गर्दै तीन पेनाल्टी बताएपछि क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ले हरायो।
यो कतार विश्वकपको पहिलो पेनाल्टी सुटआउट थियो । लिभाकोभिचले जापानका सुरुआती दुवै पेनाल्टी रोकेका थिए। उनले टाकुमी मिनामिनो, काउरो मिटोमा र कप्तान माया यासुडाको प्रकार रोकेका थिए।
जापानका टाकुमा असानोले मात्र गोल गर्न सके । यता, क्रोएसियाका मार्सेलो ब्रोजोभिच, निकोला भ्लासिच, मारियो पासालिचले गोल गर्दा मार्को लिभाजाको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

त्यसअघि निर्धारित समय र थप गरिएको ३० मिनेटमो समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
खेलमा अग्रता भने जापानले लियो। उसका डाइजन माइडाले यासुडाको पासमा गोल गर्दै जापनलाई अग्रता दिलाएका थिए। ५५औं मिनेटमा इभान पेरेसिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए।
यो हारसँगै जापान पहिलो पटक विश्वकप क्वार्टरफाइनलमा पुग्ने सपना चकनाचुर भएको छ। यता, क्रोएसियाले भने अन्तिम १६मा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।