°
, June 4, 2023 in

क्रिस्टल प्यालेससँग आर्सनलको लज्जास्पद हार

SHARE:

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लज्जास्पद हार बेहोरेको छ। लिगअन्तगृत सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–०को लज्जास्पद हार बेहोर्न बाध्य भयो ।

क्रिस्टल प्यालेको जितमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे । घरेलु मैदानमा १६औं मिनेटमा जिन फिलिपे मटेटामो गोलमा क्रिस्टल प्यालेसले अग्रता लियो। उनले जोआचिम एन्डरसनको पासमा गोल गर्न सफल भएका थिए ।

२४औं मिनेटमा जोआचिम एन्डरसनकै पासमा जोर्डन एयुले गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर बनाए। ७४औं मिनेटमा वेलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको जित पक्का गरे । मार्टिन ओडेगार्डले पेनाल्टी बक्समा जाहालाई फउल गरेपछि रेफ्रीले क्रिस्टल प्यालेसलाई पेनाल्टी पाएको थियो।

यो जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमायो । उल ५४ अंकसहित पाँचौं स्थानमा छ।

SHARE: