आईपिएलमा चेन्नाइ सुपर किंग्सले पहिलो जित निकालेको छ। घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको हाइ स्कोरिङ म्याचमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले हयो।
चेन्नाइले दिएको २१८ रन विशाल लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेटको क्षतिमा २०५ रन मात्र बनाउन सक्यो।
उसका लागि ओपनर कायल मेयर्सले आक्रामक ब्याटिङ २२ बलमा ८ चौका र २ छक्का प्रहार गरी ५३ रन बनाए। यस्तै, निकोलस पुरनले १८ बलमा ३२ बनाउँदा आयुष बदोनीले २३, मार्कुस स्टोइनस २१ र कप्तान केएल राहुलले १८ बलमा २० रन बनाए ।
चेन्नाइका लागि मोइन अलिले ४ ओभरमा २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए भने तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए।
त्यसअघि ओपनर रुतुराज गाएकवाड र डेभोन कन्वेले शतकीय साझेदारी गरेपछि चेन्नईले ७ विकेटको क्षतिमा २१७ रनको विशाल योगफल बनायो । गायकवाडले ३१ बलमा ३ चौका र ४ छक्का मदतमा ५७ रन बनाए भने कन्वेले २९ बलमा ५ चौका र २ छक्का मद्दतमा ४७ रन बनाए।
यस्तै, शिवम दुवेले १६ बलमा २२ र अम्बाती रायाडुले १४ बलमा २७ रनको योगदान दिए। लखनउका लागि मार्क वुड र रवि विश्नोइले समान तीन विकेट लिए।