°
, June 4, 2023 in

मुम्बईलाई हराएको कोलकाताको प्लेअफ सम्भावना कायमै

SHARE:

इइन्डियन प्रिमियर लिग (आईपिएल)मा कोलकाता नाइट राइडर्स विजयी भएको छ। सोमबारको खेलमा कोलकाताले खराब लयबाट गुज्रिरहेको मुम्बई इन्डियन्समाथि ५२ रनको जित निकाल्यो ।

यो जितसँगै १२ खेलमा बाट १० अंक बनाएको कोलकाताको भने प्ले अफमा पुग्ने सम्भावना कायमै छ । मुम्बई भने ४ अंकका साता पुछारमा छ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । वेंकटेश अय्यर र अजिक्य रहानेले पहिलो विकेटका लागि ५.४ ओभरमा ६० रनको साझेदारी गरेका थिए । अय्यरले २४ बलमा ४३ रन र रहानेले २५ रन जोडेका थिए । नितिश राणाले २६ बलमा ४३ रन बनाए ।

बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले चार ओभरमा १० रन खर्चिएर पाँच विकेट लिए । उनी प्लेअर अफ द म्याच भए ।

१६६ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ११३ रनमा अलआउट भयो । इशान किसनले ४३ बलमा सबैभन्दा बढी ५१ रन बनाए । यस्तै, किरेन पोलार्डले १५ र टिम डेभिडले १३ रन बनाए ।

कोलकाताका पेट कमिन्सले ३ विकेट र आन्द्रे रसेलले २ विकेट लिए ।

SHARE: