डोले अलीको गोलमा टोटनहम विजयी

मिडफिल्डर डेले अलीले निर्णायक गोल गरेपछि प्रियिमर लिगमा टोटनहमले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा अलीको गोल मद्दतमा टोटनहमले वुल्भ्समाथि १–०को जित निकाल्यो ।

यो टोनटनहमको लागतार दोस्रो जित हो। यसअघि उसले लिगको पहिलो खेलमा म्यान्चेस्टर सिटीमाथि पनि १–०को जित निकालेको थियो।

खेलको नवौं मिनटमै अलीले गोल गर्दै घरेलु मैदानमा टिमलाई अग्रता दिलाए। वुभ्ल्सका किपर जोसे साले डिबक्समा अलीलाई नै लडाएपछि टोटनहमले पेनाल्टी पाएको थियो।

खेलमा वुल्भ्सले निरन्तर दबाब बनाए पनि गोल भने गर्न सकेन । उसले ५८प्रतिशत बल पोजेसन बानाउँदै २५ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो । यता, टोटनहमले ८ सट प्रहार गर्दा ६ सट फ्रेसमा थियो।

टोटनहम छाड्ने हल्लाबीच यही खेलमार्फत ह्यारी केनले पनि सिजनको पहिलो खेल खेले। लिगको सुरुआती खेलमा स्क्वाडमै नरहेका केन ७२औं मिनेटमा सन ह्युङ मिनको स्थानमा मैदान प्रवेश गरेका थिए । केनले अघिल्लो सिजनको समाप्तिसँगै सार्वजनिक रुपम क्बल छाड्न चाहेको बताएका थिए । उनलाई भित्र्याउन म्यान्चेस्टर सिटीले चासो देखाएको छ।