ब्राजिलियन मिडफिल्डर डानिलो नटिङ्घम फरेस्टमा

Read Time:1 Minute

ब्राजिलियन युवा मिडफिल्डर डानिलो इंग्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टमा आबद्ध भएका छन्। २१ वर्षीय मिडफिल्डर डानिलो ब्राजिलियन क्लब पाल्मेरसबाट नटिङ्घम आएका हुन्।

डानिलोलाई भित्र्याउन इंग्लिस क्लबले १८ मिलिनयर पाउण्ड खर्चिए। डानिलोले नटिङ्घमसँग साढे ६ वर्षको सम्झौता गरेका छन्।

पाल्मेसरको सिनियर टिमबाट १४१ खेल खेलका डानिलोले अघिल्लो सिजन टिमलाई ब्राजिलियन लिग र क्याम्पेन्टो पाउलिस्टा, रिकोपा सुडामेरिकन उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। पाल्मेरसबाट उनले २ कोपा लिबेर्टाडोरेससहित कुल ६ उपाधि जितेका छन्।

उनलाई भित्र्याउन स्पेनिस क्लब बार्सिलोना, प्रिमियर लिग क्लबद्वय म्यान्चेस्टर युनाइटेड र आर्सनले पनि चासो देखाएका थिए। तर, नटिङ्घ डानिलोलाई भित्र्याउन सफल भयो।

नटिङ्घम फरेस्टले डानिलोलाई २८ नम्बरको दिएको छ।

Happy
Happy
17 %
Sad
Sad
0 %
Excited
Excited
39 %
Sleepy
Sleepy
6 %
Angry
Angry
0 %
Surprise
Surprise
39 %
Previous post स्पेनका सराबिया र ब्राजिलका गोमेज भित्र्याउँदै वुल्भ्स
Next post वालिङ गोल्डकपमा क्यामरुनी टिमसँग हार्‍यो आर्मी क्लब, भरत खवासलाई सम्मान
Close