नेपाली राष्ट्रिय त्रिकेट टिमसँगै क्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका मुख्य प्रशिक्षक डेभ वाट्मोरले नेपाली टिम छाड्न चाहेको बताएका छन्। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)लाई इमेल गर्दै वाट्मोरले नेपाली टिम छाड्न चाहेको बताएका हुन्।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाली टिम छाड्न चाहेको भन्दै वाट्मोरको इमेल आएको बताए । ‘मुख्य प्रशिक्षक वाट्मोरले नेपाली टिम छाड्न चाहेको भन्दै क्यानमा इमले आएको छ,’ अध्यक्ष चन्दले सबैखेल डटकमसँग भने, ‘उहाँले व्यक्तिगत कारणले मुख्य प्रशिक्षकबाट राजिनामा दिन चाहेको बताउनु भएको छ।’
अध्यक्ष चन्दले वाट्मोरले राजीनामा दिए पनि स्वीकृत नभइनसकेको बताए । उनले भने, ‘उहाँले ओमान भ्रमणपछि टिम छाड्छु भन्नु भएको छ । तर, राजीनामा स्वीकृत भइसकेको छैन । यस विषयमा उहाँसँग पनि छलफल गर्छौं र निर्णयमा पुग्र्छौं।’
कोभिड महामारीको समयमा परिवारसँग समय बिताउन वाट्मोरले राजीनामा दिएको बताएका छन्। उनको परिवार श्रीलंकामा छ। वाट्मोरले ओमान भ्रमणपछि उतैबाट श्रीलंका जान चाहेको अध्यक्ष चन्दले बताए।
श्रीलंकालाई विश्वकप उपाधि दिलाएका प्रशिक्षक वाट्मोर ८ महिनाअघि मात्र खुलाप्रतिस्पर्धाबाट नेपाली टिमको मुख्य प्रशिक्षक बनेका थिए। उनको कार्यकाल अझै ४ महिना बाँकी छ।