°
, June 4, 2023 in
0

डेभिड सिल्भा र डि मारियालाई कोरोना संक्रमण

SHARE:

मिडफिल्डरद्वय डेभिड सिल्भा र एन्जेल डि मारियालाई कोरोना संक्रमण देखिएको छ । स्पेनिस क्लब रियल सोसिडडाका सिल्भा र फ्रेन्च क्लब पिएसजीका डि मारिया दुवैलाई सोमबार कोरोना संक्रमण देखिएको हो ।

रियल सोसिडाडले ट्विरमार्फत सिल्भाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । उसले सिल्भा अहिले सेल्फ आइसोलेसनमा रहेको पनि जनाएको छ । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीमा १० वर्ष खेलेर उनी नयाँ सिजनका लागि सोसिडाडमा अनुबन्ध भएका हुन् ।

सोसिडाडले सिल्भालाई सोमबार आफ्ना् मैदान एनोएटा स्टेडियममा सर्वाजनिक गरेको थियो । त्यही दिन कोरोना संक्रमण भएको क्लबले पुष्टि गरेको हो । यद्यपि उनलाई कुनै लक्षण देखिएको छैन ।

यस्तै फ्रेन्च क्लब पिएसजीले डी मारियासहित लियोनार्दो पेरेडेसलाई कोरोना संक्रमण भएको पुष्टी गरेको छ । भर्खर च्याम्यियन्स लिग फाइलन खेलेर फर्किर आइसोलेसनमा रहेका दुवैलाई कोरोना संक्रमण देखिएको हो । यी दुई खेलडाीलाई कोरोना संक्रमण देखिएपछि फाइलन खेलेको पिएसजीको सम्पूर्ण टिमको कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।

यस्तै, इटालियन क्लब एट्लान्टाका तीर्न खेलाडीमा पनि कोरोना संक्रमण देखिएको छ । प्रिसिजन सुरु गर्नुअघि गरिएको परीक्षणमा तीन खेलाडीमा कोरोना संक्रमण देखिएको क्लबले जनाएको छ । उनीहरुको नाम भने खुलाइएको छैन । तीनै जनामा कुनै लक्षण नभएको र उनीहरु सेल्फ आइसोलेसनमा रहेको बताइएको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *