इंग्ल्यान्ड क्रिकेट टिमका अलराउन्डर डेभिड विलीलाई कोरोना संक्रमण भएको छ । ३० वर्षे अलराउन्डर विलीलाई ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको नजाएका हुन ।
विलीसँगै उनकी श्रीमतिलाई पनि कोरोना संक्रमण देखिएको उनले ट्विटरमा खेलेका छन् । उनले सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना संक्रमण भएको जनाएका छन् । विली र उनकी पत्नी दुवै स्वास्थ्य अवस्था सामान्य रहेको र दुवै होम आइसोलेसनमा बसकेको बताइएको छ ।
कोरोन संक्रमण देखिएपछि विलीले टि–२० ब्लास्टका केही खेल गुमाउने छन् । टि–२० ब्लासमा विलीले योर्कशायरको कप्तानी गरिरहेका थिए ।
विलीमा कोरोना संक्रमण देखिएपछि उनीसँग रहेका अन्य तीन खेलाडीले पनि टि–२० ब्लास्टका केही खेल गुमाउने योर्कशायरले जनाएको छ । उसका अनुसार विलीसँगै रहेका टम काड्मोर, जोस पोइस्डेन र म्याथु फिसरले टि–२० ब्लास्टका केही खेल गुमाउने भएका हुन् । तीनै खेलाडीलाई कोरोना संक्रमण नदेखि १४ दिन क्वारेन्टिनमा राखिएको छ ।
विलीले इंग्ल्यान्डका लागि ४९ एकदिवसीय र २८ टि–२० अन्तराष्ट्रिय खेलेका छन् ।