तेस्रो टेस्टका लागि इंग्लिस टिम : डम सिब्लेको स्थानमा डेविन मलान टिममा, द हन्ड्रेडका लागि मोइन अली र ओभरटन रिलिज

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड भारतविरुद्धको तेस्रो टेस्टका लागि टिम घोषणा गरेको छ । २५ अगस्तबाट सुरु हुने तेस्रो टेस्टका लागि टिममा केही परिवर्तन गर्दै बोर्डले १५ सदस्यीय टिम घोषणा गरेको हो।

भारतविरुद्धका दुवै टेस्टामा फ्लप भएका डम सिब्लेको स्थानमा बोर्डले डेविड मलानलाई टिममा बोलाएको छ। सिब्लेले २ टेस्टको ४ पारीमा १४.२५को औषतमा ५७ रन मात्र बनाउन सकेका थिए। यस्तै बोर्डले अर्का ओपनर ज्याक क्रलीको स्थानमा ओली पोपलाई टिममा बोलाएको छ।

यस्तै बोर्डले अलराउन्डर मोइन अली र क्राइग ओभरटनलाई ‘द हन्ड्रेड’ प्रतियोगितका लागि रिलिज गरेको छ। दुवै ‘द हन्ड्रेड’ खेलेर तेस्रो टेस्टका लागि टिममा सामेल हुने छन्। अली वर्मिङघम फिनिक्स र ओभरटन साउदर्न व्रेभमा आबद्ध छन्।

दुवै टिममा रहेका न्युजिल्यान्डका खेलाडी फिन एलेन र कोलिन डे ग्रान्डहोम राष्ट्रिय टिममा सहभागी फर्किएपछि बोर्डले अली र ओभरटनलाई रिलिज गरेको हो । मोइल अली कप्तान रहेको बर्मिङघम फाइनलमा पुगिसकेको छ भने ओभरटनको टिटम साउदर्नले शुक्रबार फाइनल प्रवेशका लागि एलिमिनेटरमा ट्रेन्ट रक्ससँग खेल्दै छ। फाइनल २१ अगस्तमा हुनेछ।

यस्तो छ टिम

जो रुट (कप्तान), मोइन अली, जेम्स एन्डरसन, जोनी बोइस्टो, रोरी बन्र्स, जोस बटलर, साम करण, हसिब हमिद, डान लरेन्स, सकिब महमूद, डेविड मलान, क्रेग ओभरटन, ओली पोप, ओली रोबिन्सन र मार्क उड।