स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल डीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। फाप्ला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो
टस जितेर पहिले ब्याटिङ गरेको स्टेपिङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०९ रन बनाएको थियो । स्टेपिङका लागि किरण धामीले सर्बाधिक ३४ रन बनाए २३ बलमा उनले ७ चौका प्रहार गरे
यस्तै अभिशेक खड्काले २६ बलमा २३ रन बनाए। उनले एक चौका र एक छक्का प्रहार गरे । त्यसबाहेक समिर कुँवरले ५ बलमा २ चौकासहित १० रन जोडे।
बलिङतर्फ लिटिल फ्लवारका कुशल धामीले ३ तथा आर्यन धनपाली र किरण धामीले समान २–२ विकेट लिए।
जवाफमा लिटिल फ्लवारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रनमात्रै बनाउँन सक्यो। उसका आशिष साहुले २९, सुबोध तिवारीले १३ तथा आरिस बोहराले १२ रन जोडे । स्टेपिङका अनुराग सिंहले ३ तथा सचिन भट्टले २ विकेट लिए।
प्रतियोगिताको विजेता स्टेपिङले ५० हजार नगद पायो भने उपविजेता लिटिल फ्लवारले ३० हजार पायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टेपिङका कुशल धामी चुनिए भने उत्कृष्ट ब्याटर लिटिल फ्लवारका अनुराग सिंह, उत्कृष्ट बलर लिटल फ्लवारकै सचिन भट्ट चुनिए ।
उदीयमान खेलाडीको अवार्ड पनि लिटिल फ्लवारकै रोशन रावलले पाए।