नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्।
विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेका हुन्।
सम्मेलनमा विश्वभरबाट १५० भन्दा बढी ओलम्पियन सहभागी हुने बताइएको छ। नेपाल ओलम्पियन संघले विगत दुई वर्षमा गरेका गतिविधि उक्त सम्मेलनमा प्रस्तुत गर्नेछन्।
एसियाली ओलम्पियनको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव उक्त सम्मेलनमा पेस गर्ने ओलम्पियन विष्टले बताए।