°
, May 29, 2023 in
0

आईपिएल टिम चेन्नईका दीपक चहरलाई कोरोना सक्रमण

SHARE:

इन्यिन प्रिमियर लिग (आइपिएल) टिम चेन्नई सुपर किंग्सका दीपक चहरलाई कोरोना संक्रमण देखिएको छ । गत शुक्रबार कोरोना संक्रमण देखिएका चेन्नइका १० जनामध्ये नै दीपक चहर एक भएको बताइएको छ । ती दश मध्ये २ जना खेलाडी रहेको बताइएको थियो, तर चेन्नईले परिचिय भने खुलाएको थिएन ।

दीपक चहरका भाइ राहुल र बिहनी मालतीले सामाजिक सञ्जालमा मार्फत दीपकलाई कोरोना संक्रमण भएको पुष्टी गरेका छन् । राहुल मुम्बई इन्डियन्सका मुख्य स्पिनर हुन् । अघिल्लो सिजन दाजुभाइ दुवै उत्कृष्ट प्रदर्शन गरेका छन् । दुवै टिम फाइलन पुगेको थियो । रोमाञ्चक फाइलनमा भाइको टिम मुम्बई विजयी भएको थियो ।

बिहीनी मालतीले खेलेकी छिन्, ‘तिमी एक सच्चा योद्धा हुनुहुन्छ, जो लड्नकै लागि जन्मिएको हो । अँध्यारो रातपछि एउटा चम्किलो दिन पनि हुन्छ । विश्वास छ, तिमीले सानदार तरिकाले पुनरागमन गर्ने छौ ।’

बिसिसीआईका अनुसार आईपिएलमा सहभागी हुन युएई पुगेका विभिन्न टिमका १९८८ जनाको पिसिआर परीक्षण गरिएकोमा जसमा २ खेलाडीसहित १३ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ । आइपिएल १९ सेप्टेम्बरमाबाट सुरु हुँदै छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *